हो म क्यान्सर सर्वाइवर हुँ तर कमजोर हैन ,
सक्षम भै नियमित कार्यहरु गर्दछु कामचोर छैन,,
नबुझेका व्यक्तिहरुलाइ मार्ग प्रदर्सन गर्दछु ,
ज्ञान बाँड्नु लाई आफ्नो धर्म संझन्छु,,
समय सापेक्ष सेवामा संलग्न रहन्छु,
इ कुरा सबैलाई बुझाउन चाहन्छु,,
रोगीको पनि मुल्य र मान्यता हुन्छ ,
निरीह नबनौं आँफुभित्र आत्मबल बढाऔं ,,
आँफुमा रहेको कार्य क्षमताको,
ज्ञानको रुपमा प्रदर्सन गरौं ,,
पीडित बनी सम्बेदना प्रकट नगरौं,
आँफै सबल बनी उत्कृष्ट कार्यको थालनी गरौं,,
एक अमिट सामाजिक शृजनाको-
दरो खम्बा बनी पथ-प्रदर्सन गरौं ।।
रेणु उपाध्याय ।।
काठमाडौं


















