अन्जलिना को किताब बिमोचन छ आज....

शहरको पार्टी प्यालेसमा रङ्गिन तस्विर  साथमा उनको पुष्तकको आकार --ज्ञान --छापिएको छ ।

कबि अञ्जलिना  ----उनले आफ्नो फोटोलाई पटक पटक हेरीन ,कहिले लाजले यसो छटकिंदै हेरीन  ...मन गदगद भयो  मनमनै उनले भैरबहादुर दाइलाई धन्यवाद  दिईन। 


वास्तवमा यो पुष्तकको ढाँचा खाका सबै भैरबहादुरकै देन हो  उनको नामको त लाग्ने पैसा मात्र हो ...

मनमनै केही डर पनि पलाएको छ अञ्जलीना लाई  

पुष्तकको बारेमा कसैले सोधे के भन्ने होला ?

हुनत भैरव दाइले ---स्वागत र धन्यवाद  भन्ने भनेको छ 

उनी तेसैमा ढुक्क छीन ..... 


कार्यक्रम  सुरू भयो भैरबहादुर दाई आफैं उदघोषण गरिरहेका छन .. हल टनाटन भरिएको छ  मञ्चमा  स्थापित  साहित्यिक ब्याक्तित्वहरू र प्रोफेसर हरूको बाक्लो उपस्थित छ ।

सबैले उनलाई बधाई भनिरहेछन ....

प्रोफेसर शितलले मुखै खोले अञ्जलीना जी जनस्तरको धरातलको कथा लेख्नु भएको छ कृतीमा यो अमर कुरा हो ईतिहांसले  सम्झिरहने छ तपाईलाई ... 


उनको मन ढक्क फुल्यो .....

भैरबहादुर ले पुष्तकको बारेमा बोले  बोल्नमा माहिर छन उनी  ...

पुष्तक बिमोचन पछी खादा र मालाले भरियो अञ्जलीनाको गर्धन ....

अलि डराए जस्तो ....

आत्तिए जस्तो गरेरै  सकियो कार्यक्रम 

सबैमा चिया चमेना भित्र छिरे कति बधाई  भन्दै बिदा भइरहेका थिए 

मधुरो अँध्यारो  भित्र पार्टी प्यालेस रेष्टुरेण्ट को बिल आयो  .....

मसिनो अँध्यारो  झरिसकेको थियो  आँगनमा  भैरबहादुर आएर भने हिसाब के गर्नु भयो? 

उनले भनिन हेर्दैछु सर मिलाउछु नी....

भैरबहादुर ले भने अलिकति पैसा मलाई पनि चाहिएको थियो...

.अञ्जलीना ले सोधीन के लाई सर?

भैरबहादुर ले भने बिषेश  खर्च भएको छ ...

अञ्जलीनाले  पार्टी प्यालेसमा अपुग पैसा बाँकी राखिन र भैरबहादुर लाई पैसा दिईन ....

भैरबहादुर  उत्साहित हुदै बोलिरहेका थिए कार्यक्रम  भब्य भयो  .....

होटल सहयोगी आएर भने मेम मञ्च सफा गर्न पर्ने थियो...

उनी हल कोठामा पुगिन ब्यानर झुञ्डि रहेको थियो  केही थान पुस्तकहरू थिए मञ्चमा गालाको  माला र खादा  निकालेर टेबलमा राखिन उनले ....

पार्टी प्यालेसका सहयोगी  भेईलिई अञ्जलीलाई भनिन 

बाबु यो सब सामान संरक्षण गरेर राखिदिनु म तपाईलाई भोली दु:ख्ख शान्ति दिन्छु ल.....

सहयोगी भाइले टाउकोको इसाराले हुन्छ भने..... 


अञ्जलीना  बाहिर रोड तिर निष्कंदा  ठूलो साँझ

परिसकेको थियो--

अटो रिक्सामा चढेर  उनले आफ्नो यात्रा बताइन-- भाई मलाई  हाकिम टोल पुर्याइदिनूस न है ...?

इन्द्र न्यौपाने 

विराटनगर