कुरामा कुरा झन् लगाएर फेरि !
बसेछन् स-गौरव रमाएर फेरि !
छ स्वार्थी जमाना दुखाएर रम्ने
पीडामा नबस्नू लजाएर फेरि ।।
जहाँ गेडि हुन्छन् त्यहाँ झूट बिक्छ
खुराफात गर्छन् अघाएर फेरि ।।
वहाँ साथ माग्नू जहाँ आँत मिल्छ
असुल्छन् तिनैले डुबाएर फेरि ।।
जमेको म देख्छु कसै भित्र ईर्ष्या
नजर बाट खस्छन् बिझाएर फेरि ।।
लक्ष्मीप्रसाद फुयाल




















