अज्ञानमा ज्ञान भराउने छौ
याे सौम्यतामा मन लाउनेछौ
विचारकाे धार सँगै बढाऔँ
ज्याेतिर्मयी हुन् गुरु ज्ञान पाऔँ
१
विद्या र वाणी रसमा सजाई
अज्ञानमा ज्ञान विधा भराई
र आस छायो मनमा रमायौँ
गाएर गाथा गुरुमा चडायौँ
२
प्रभातमा ज्याेति दिने जवानी
जाे अस्तहाेला कतिनै नजानी
गृहस्तका खातिर याे जतै नै
सुम्पी दिनेहुन् गुरुले उतै नै
३
उठाइ आफ्नै करमा रमाउँ
उत्थानका खातिर मन् पराउँ
याे सुक्ष्म मानौँ विपला बुझाई
बताउँदै छू गुरु ज्ञान पाई
४
सम्भाव्यता कागरमा उठाई
सजाउने अक्षरमा बसाई
बुझाइने पाठ्य कला बढाउँ
सौहार्द जे हाे गुरुमा चडाउँ
५
रुद्राक्षकाे जङ्गल पर्णशाला
उस्तै हुने सञ्चित वर्णमाला
नैमित्यकाे आशय गुन्गुनाउँ
यी स्वर्ण बंशा गुरुमा सुनाउँ
६
याे पूर्णिमाहाे गुरु शिष्य भित्र
नौलाे इराधा समता पवित्र
लौआज आफैं गुरु छेउ आएँ
गुथेर माला शिरमा चडाएँ
शारदा कार्की
विराटनगर /१२




















