विराटनगर । मोरङमा २१२ औँ भानुजयन्ती तथा सातौँ चारु वार्षिकोत्सवको अवसरमा कृति लोकार्पण सम्पन्न भएको छ । नेपाल चारु प्रतिष्ठानको आयोजनामा नागेन्द्रप्रसाद यादवको ‘बेगम’, पिएस यादवको ‘ढल्ती शाम’, पवनकुमार बुढाथोकीको ‘बेलाको बोली’, जनार्दन अधिकारी धड्कनको ‘आगोभन्दा माया तातो’, र ममता मृदुलको ‘मृदुल चारु समालोचना’ आदि कृतिहरूको लोकार्पण गरिएको थियो । विराटनगर १० मा रहेको एरागन होटेल स्कुलको सभाहलमा कार्यक्रमको आयोजना गरेर भानुजयन्ती तथा सातौँ चारु वार्षिकोत्सव सम्पन्न भएको हो । 


IMG20250712083633

प्रेरणा हिन्दी सारिणी सभाका डा. हरेन्द्र हर्ष प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, शैक्षिक व्यक्तित्व डा. उद्धव पोखरेल, न्यू सृष्टि दैनिकका सम्पादक शङ्कर खरेल, कृष्णभुषण वव साहित्य प्रतिष्ठानका संरक्षक शोभा लामा बललगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा बाबुराम पोखरेल, भरत बर्बरिक, केशु विरही, भवानीप्रसाद पोखरेल, नवराज पोखरेल नवशिला,सविना श्रेष्ठ , रोहिणी रसिक, गोपालप्रसाद सङ्ग्रौला, प्रिन्स प्रमोद ढकाल, अम्बिका खरेल उप्रेती, पुष्पा सायरा, भूपाल अधिकारी, ऋषि तिवारीलगायतका लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सन्जना शर्मा, पिएस यादव, जनार्दन अधिकारी धड्कन, पवनकुमार बुढाथोकी, नागेन्द्रप्रसाद यादव दाङ, शङ्कर खरेल, प्रेम थापा, रवि श्रेष्ठ, गोपाल निर्भीक, प्रवीण जोशी, ममता मृदुल, लगायतका स्रष्टाहरूलाई विभिन्न विद्याको सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।


IMG20250712083323



त्यस्तै २०७५ सालमा असार महिनामा स्थापना भएको यस संस्थाको भारत, जापान तथा खाडी मुलुकमा शाखा स्थापना भइसकेका छन् । नेपालमा मात्र नभएर यसले विभिन्न देशमा आफ्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेपाल चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने ममता मृदुलको रहेको थियो ।



Messenger_creation_76026C86-2CFB-4C62-81D4-B3D5F10C1FE5