कसरी भन्नु यो देश बन्छ विकास हुन्छ भनेर
हाम्रै पालामा समृद्ध अनि खास हुन्छ भनेर।
जनता झुक्याउँदै गरेर कपटपूर्ण राजनीति
भ्रम छरिदिए मालिक पनि दास हुन्छ भनेर।
आफूले आफैंलाई नै सिध्याएका हुन् यिनले
चिनेनन् आफ्नै नाभिमा सुवास हुन्छ भनेर।
छाडेनन् आफ्नै छोरी चेली पनि यि ब्वाँसाले,
सोचेनन् पापिष्ट हरूको विनाश हुन्छ भनेर।
गरिरहे भ्रष्टाचार मनोमानी देशलाई लुटिरहे
सोचेनन् झ्यालखानाको बास हुन्छ भनेर।
सत्य धरोधर्म अब त आशै मरिसक्यो हाम्रो
गरिबको पनि गाँस बास कपास हुन्छ भनेर।
नवशिला।
नवदेव मार्ग, लालभित्ती, मोरङ।




















