विराटनगर।०८२/३/२८ गते आभा फाउन्डेसन नेपाल द्वारा आयोजित कन्चनजङ्घा पार्टी प्यालेस बिराटनगरमा पूजा बहार द्वारा लिखित तीन कृतिहरु बिमोचित भएका छन् ।पहिलो हिन्दी भाषामा "तुम्हे पता है न " लघुकथा सङ्ग्रह , दोश्रो डा ध्रुब कुमारको हिन्दी गजल सङ्ग्रह शिकायतको नेपाली अनुवाद गुनासो ,तेस्रो बहुभाषिक कविता सङ्ग्रह काव्य गुच्छा को सम्पादन रहेको थियो । यसमा तुम्हे पता है न को समिक्षा .........ले,गुनासोको समिक्षा ममता मृदुलले , काव्य गुच्छा को मधु पोख्रेलले गरेका थिए ।

 कार्यक्रमको प्रमुख अतिथि पूर्व समाजिक विकास मन्त्री जीवन घिमिरे हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा प्राज्ञ विवश पोख्रेल,प्राज्ञ गंगा सुवेदी,न्यू सृष्टिका सम्पादक शंखर खरेल ,डा ध्रुब कुमार थिए।कार्यक्रममा डा गणेश यादब ,लघुकथाकार रमेन्द्र कोइराला ,महाकाव्यकार डम्बरुवल्लभ भण्डारी ,कवि भवानीप्रसाद पोख्रेल , पत्रकार सविना श्रेष्ठ , साहित्यकारहरु प्रमोद ढकाल, किशोर कोइराला ,बाबुराम पोख्रेल ,डोमी कामत,ऋषिराज तिवारी,भुपाल अधिकारी, कलाकार श्री केशव रायमाझी आदिको उपस्थिति थिए।भने कार्यक्रमको संचालन शिवनारायण सिंगलको रहेको थियो।