लाग्छ ,

सधै उस्तै हरियो बनिरहु

माटो माथि प्रोथ्रा बनेर उभिरहु

कसैको अनुरागमा नुहिरहन पाउ

कसैको प्रतिरोधमा लुकिरहन पाउ

आकाशले ठम्याउन नसक्ने

माटोले गर्व गर्न नसक्ने

हावाको बेगले पनि छुन नसक्ने 

म एउटा सानो बिरुवा

जो सम्बोधनमा कहिल्यै 

रूख बन्न सकिन

सधै नतमस्तक बनिरहे 

तिम्रा अघि

झुकिरहे अनन्त समय सम्म

भूईको झार बनेर,

एउटा सानो प्रतिकारमा 

अल्झिरहे म सधैं ,

तिम्रो न्यानो स्पर्शमा पनि

म मुर्झाउन तयार बने

र जोडिरहे हात सधैं 

हरियो जल्लावती झार बनेर

यो साउन जस्तै ।

विमल वैद्य