अभाव पिर  र समस्याको  पहल बनी आउनु

मनभित्रको प्यास मेट्नलाई जल बनि आउनु

नयन  भरि  फुलीरहनु  फुल  झैँ ढक्कमक्क,

मैले ओड्ने तिमी प्रेमिल आँचल बनि आउनु।

मुक्तक-:२

यो यात्रालाई  तिमी तिरै मोड्न मन छ प्यारा

व्यवधानका जन्जिरलाई तोड्न मन छ प्यारा

सयौं जुनी तिम्रै साथमा जीवन बिताउनलाई,

तिमीसँगै  चोखो  नाता  जोड्न मन छ प्यारा।

मुक्तक-:३

कञ्चन स्वच्छ कलकल बग्ने तिला भएपछि

रङ्ग्याई  यौवन  छुट्टै   रासलीला  भएपछि

यो  दुनियाँ  संसार  मलाई सुन्दर लागेको हो,

तिमी नवराज म चाहिँ तिम्री शिला भएपछि।

मुक्तक-:४

जीवन चलाउनलाई छुट्टै आधार बनाउनु छ

नाता जोडी  तिम्रै साथमा  घरबार बनाउनु छ

जिन्दगीका  अवयवहरूलाई  बाँड्दै  बरोबरी,

हाँसी  खुसी  बाँच्ने सुन्दर  संसार बनाउनु छ।


✍️ नवशिला।

नवराज पोखरेल नवशिला