आज रातभर सपनामा देखें

मन भरि मायाँ उमङ्ग र बेचैनहरू छन

बिसन्चो र बेखुस नआओस समय तिमीलाई 

 पल पल मंगल कामना पृय मान्छे....


रहर र खुसी सकिएको श्यामसान घाटमा छु..

खोलाले छोडेको बगर भएको छ जीवन

सितको थोपा झर्यो बैसालु लालुपाते बाट...

भगवान लाई चडाएको छु टिपेर....


जलेको लास हेरेर 

खोलाको किनारमा बसेको दिन

अहंकारका सबै टुसाहरू...

  भांचेको  छु आफू भित्र

हतियार उठाउने उसको हात ...

खुत्रुक्क झर्यो चिताबाट

सकिएको समय र भएका भुलहरू

 केवल सम्झना  हुन..रहेछन


आज आकाश  एकदमै सफा छ 

हिमाल कंचन टल्किरहेछ 

मेरो पृय मानिस 

तिम्रा खुसीहरू कावा खाँदै खाँदै उडुन

सपना भरिको शुभकामना

इन्द्र न्यौपाने 

विराटनगर