श्रावण सोमवार मन्दिर आई
शिरमा सौभाग्य सिन्दुर लाई
है ! भोले बाबा तिम्रो दरवारमा
ब्रत बसेका छन् घरघरमा
दर्शन देउन हे बाबा भोला
यो जुनी दर्शन होला नहोला
बसेका छौं हामी तिम्रै दरवारमा ......
हातमा मेहन्दी सखीहरूका साथ
श्रद्धाले तिम्रो छेउ झुकाउछौं माथ
कृपा गरेर दर्शन देउन
शरणमाछौं हामी शरण लेउन
दर्शन देउन हे बाबा भोला
यो जुनी दर्शन होला नहोला
बसेका छौं हामी तिम्रै दरवारमा........
हातको डमरू डिमडिम बजाउने
जटामा पवित्र गङ्गा बगाउने
संसारमा पवित्र छ नाम तिम्रो
दुई दिनका पाहुना के छ र हाम्रो
दर्शन देउन हे बाबा भोला
यो जुनी दर्शन होला नहोला
बसेका छौं हामी तिम्रै दरवारमा......
दर्शन देउन हे बाबा भोला
शब्द - रचना - स्वर - चिरञ्जीवी काफ्ले
रङ्गरली ९ दोहमना मोरङ्ग



















