विराटनगर, साउन १० — विराट मैथिल नाट्यकला परिषद् परिवारको आयोजनामा १८औं श्रृङ्खला तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता अध्यक्ष श्री डोमी कामत ज्योतिको रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष श्रीमती मञ्जु घिमिरे दाहालकोथियो। भने विशिष्ट अतिथि कुशेश्वर राई, शिवनारायण पण्डित ‘सिङ्गल’, भवानीप्रसाद पोख्रेल, कर्णसञ्जय अधिवक्ता, कवि उद्धव बा, केसी गोविन्द भगत लगायत विभिन्न साहित्यिक तथा रंगकर्मी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
भूपाल अधिकारी, ऋषि तिवारी, रंगकर्मी तथा कवि प्रयाग न्यौपाने, रंगकर्मी उमेश लुटेल, छन्दकवि तथा समालोचक हरि कट्टेल, हरिप्रसाद बराल, अंग्रेजी विधाका कवि प्रमोद ढकाल, बिधा प्र. गौतम, किरण अन्जाम, बालकवि सपना यादव, कवि शम्भु प्रसाद भट्टराई र कवि जगदीश प्रसाद यादवको उपस्थित रहेको थियो।
संस्थाका सक्रिय सदस्यहरूमा रिना कुमारी कामत, निशा घरेडी, पूजा गडेरी लगायतका स्रष्टाहरूको समेत उपस्थिति रहेको कार्यक्रममा करिब ३५ जना सहभागी भएका थिए। कार्यक्रममा कविता वाचन, गीत–संगीत तथा साहित्यिक विचार प्रस्तुत गरिएको थियो।
विराट साहित्य संगमका सह–सचिव भवानीप्रसादले कार्यक्रमको संचालन गरिएको थियो। भने मैथिली गीत–संगीतका युवाकार्यकर्ताहरूलाई सम्मान गरिनुका साथै, परिषद्का कोषाध्यक्ष श्री महेश यादवद्वारा सम्मान प्रदान गरिएको थियो।



















