पछाडि फर्केर हेर  भैया

एकपटक आफूलाई 

राँगालाई  हानेको दुवालीले

पिडौलामा लागेका दुखाइहरू 

आफूलाई बच्चा बनाएर सँम्झ 

एक पटक बिगतलाई.... 


भदौरे गर्मीमा भैँसी माथी बसेर

बताई चराएका  क्षणहरू 

अलिकति पैसा कमायौ होला 

आफूलाई मुखिया नसम्झ 

औकात फेर्न सकेउ होला  

नागरिक लाई दाश नसम्झ 

मान्छेले मान्छेलाई चिन्छ हौ सर

कुनै तमासा नपार... 


मानिस छाक काटेर बाच्न चाहान्छ

स्वाभिमान  लत्याएर फाइल मिलाउदैन 

तिम्रो महलमा निदाएर देखेको सपना

सडकमा बस्नेहरूलाई पनि

रातहरूले  दिएर जान्छ 

तिम्रो कालो कारको एसीमा

यात्रा छिटो होला 

जन्मले कार नहुने हरूलाई पनि 

दुइ खुट्टा दिएको छ 


मृत्यु सबैको उस्तै हुन ख्वामित

  श्रीखण्ड राख या दाउरा

आगोको ज्वाला र धुवाँका आकार

बतासको गतिले निर्धारण गर्छ 


आकाशमा कावा खायर बांच 

तिम्रो समय हो त्यो ...

तर.. इमान र स्वाभिमान नडडाउ

मलामीहरू घाटबाट फर्कदा..

कम्तीमा...

चिता पखालेको घाट हेरर 

आत्मिक शान्तिमिलोस 

भन्न सकुन..

उनीहरूको मनले 

अनि...

तिमीलाई  खोजुन 

हृदयका आँखाहरूले....

   -इश्प्रन श्रि इन्द्र 

विराटनगर