तिमीले देख्न नसकेको
स्पर्श गरेर छुन नसकेको
आँखाको बाँधले बाध्न नसकेको
हेर्दा हेर्दै थाम्न खोज्दा खोज्दै
गर्दा अनायसै झरेको
आँसु हुँ म।
न उठाउन सक्छौ
नत हिरा मोति झै
सजाउन सक्छौ
तिम्रो मुटु भित्र पसेर
हलचल गर्न सक्छु
तिम्रो हाँसो संगै म झर्न सक्छु
तिमी दुखी हुँदा खुशी भै झर्न सक्छु।
हो म आँसु हुंँ, ।
खेलौना हैन जतिबेला
हत्केलामा राखेर असिनाको
ढिक्का सम्झेर खेलाउँन सक्ने
त्यति कम्जोर नसम्झ
तिम्रो आँखाबाट खसेपछी
बिलिन सक्छु।
नखोज मलाइ
यो युग हैन युगौँ युग
तिमीले बुझ्यौँ भने तिम्रो
जिबनभरी साथी
बन्न सक्छु।
म आँसु हुँं।।।
मिना श्रेष्ठ
विराटनगर १२



















