यो झरिले पनि मलाई खुबै गिज्याउछ
थाहा छैन ....खोइ कहाँ बाट हाम फाल्दै
आउँछ धर्तीमा ....भिज्न अनि भिजाउन ...
फलफूल, बोट बिरुवा ,अन्नबाली,रिझाउन...
खोइ कहाँबाट आउँछ हामफाल्दै ........
हामफाल्ने बितिकै धर्तीले प्यास मेटाउछ
खोलानाला गुनगुनाउन थाल्छ
फुल मुस्कुराउन थाल्छ
प्यासी काकाकुल गित गाउन थाल्छ
खोइ कहाँ बाट आउँछ हामफाल्दै
बोटबिरुवाको पातमा टिलिक्का टल्किन्छ
हिरा झै.... थोपा थोपा होडबाजी खेल्दै ....
खोइ कहाँबाट आउँछ थाहा छैन....
कतै सुन्छु आकाश रोयो
कतै सुन्छु बादल रोयो
थाहा छैन को रोयो .....रोइ सकेपछि
धर्ती मुसुक्कै मुस्कुराउछ
सायद मलाई पनि यहि बुझाउन खोजेको
होला झरीले.... रुने भए रोइदेउ ....एक छिन पछि
मुस्कुराउनु पर्छ है ........भन्दै ......
बिमला आठपहरिया
धनकुटा



















