प्रकृतिका पुजारी हामी 

गर्छौ पुजा सबको

भलाई होस भनेर साह्रा जनको!


भगवानको रुप सम्झी खँडेरीको बेला

पुज्ने गर्छौं पानी माग्दै सर्प पारे फेला!

नगरौं सर्प देखे कसैले पनि हेला!


सर्पहरुकै राजा हुन नाग महाराज

दैला माथी तस्बिर टाँसी पुजा गरौं आज

नागपञ्चमी मनाउनु है बजाएर बाजा!


दु:ख नदिउन कहिल्यै घरमा आएर

भेटे सर्प मार्दिन भन्दै कसम खाएर

संरक्षणमा ध्यान दिउँ ज्ञान पाएर!


वातावरण संरक्षणमा सर्पहरुको छ योगदान

त्यसैले त नमारौं कसैले जानाजान!

नागपञ्चमी बिशेष हो सबैले दिउँ ध्यान!


पुर्णबहादुर  श्रेष्ठ हिर्दयङ्कृत