विराटनगर।मोरङ ,नोबेल साकोस साहित्य संस्था कोसी प्रदेश शाखाले एक कार्यक्रमका साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा रहेको दाहाल प्रष्ठिानको सभाहलमा कार्यक्रमको आयोजना गरेर नियमित रचनावाचन कार्यक्रम सम्पन्न गरेको हो ।
सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा चारु प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी, छन्द वाटिका नेपाल अध्यक्ष हरि कट्टेल, सङ्गम अभियानका सम्पादक रामबाबु दाहाल, कोसी साहित्य कला प्रतिष्ठान नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, अग्रज साहित्यकार शिव नारायण सिङ्गल, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिक, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उमानाथ भट्टराई, गोपाल निर्भीक, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने, रोमु अधिकारी, डोमी कामत, नवराज पोखरेल ‘नवशिला’, पुण्य गुरागाईं, चूडामणि घिमिरे, राधा भट्टराई, राधा सुवेदी, नानुमैया दाहाल, कर्ण सञ्जय, सुरेश अग्रवाल, केशव रिजाल, जे.बी खत्री, ऋषि तिवारी, इन्द्र न्यौपाने, भक्ति दाहाल, एल.पी. पराजुली, भोला दाहाल, गीतादेवी पोखरेल, उद्धव के.सी, सुजाता राईलगायतका स्रष्टा तथा कलाकारले रचना वाचन गरेका थिए ।
उक्त कार्यक्रममा तिज विशेष रचना वाचनका साथै विभिन्न भाषाभाषीका रचनासमेत वाचन गरिएका थिए ।
संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको स्वागत मन्तव्य रहेको थियो । शाखा अध्यक्ष अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहसचिव रेणुका राईको रहेको थियो ।



















