फूलको गुच्छा बोकेर आएथें
तिम्रो अञ्जुली भरिएको देखें
हृदय पखालेर सफा बनाएर बसेथें
तिमीलाई अर्कै मैदानमा सवार देखें
ठीकै छ ..सपनामै ब्यूझिएछु केही गुनासो छैन
बांकी थोरै रात छ जीवनमा फेरि निदाउनु पनि छैन
बैंस बाँझो नरहोस शुभकामना छ तिमीलाई
याद गर .. गुलाफमा बरू काँडा हुन्छ बास्ना हुदैन
तिमीले दिएका बस्त्रहरू छन शरिरभरी
रिसले खोलौ र फालौं त आफैं नाङ्गो हुन्छु
कति कठोर भरोसा राख्छ यो मन तिमीसँग
तिमी मेरो नभएपनी म पलपल तिमी सङै हुन्छु....
----इश्प्रन श्रि इन्द्र
विराटनगर



















