तलव थापेको दिन थियो
सिम सिम सिम सिम पानी थियो
बतासको स्तवधताले
सेकुवाको बास्ना शहर पसेको थियो..
सांझ बाक्लिंदै थियो
रेष्टुरेण्ट को रङ्गिन बत्ति बलिसकेका थिए
नसाको प्रथम प्रहर चल्दै थियो
नजीकैको टेबलमा
बियरको फिंज भरिएको गिलास थियो
छटपट छटपट भयो मन
आतुर कामुक भयो तन
एसक्यूज मी....
म याहाँ बस्न सक्छु..?
लाईटले आंखा तिर्मिरायो....
हल्का सुरू भयो चिनारी
बेहेरा माथी ठाडो आदेश ...
अत्तर र क्रिमको बास्नाले
कामुक बनायो मनलाई
रातको अँध्यारो छिप्पिंदै जांदा
उसले बोली पानीले फर्कन दिएन..
यतै बसौं होला......
मर्द भएको घमन्ड चड्यो
उ उ सङै रेष्टुरेण्टको तला चड्यो
ढक्क .फुल्यो मन
खुल्यो रूम न बार्ह......
फोन सांझै देखी स्वीचअफ छ
बिहानको संकेत चराहरूले पोखि सकें
शरीरको कपडा अत्तर मग्न छन
पलङबाट भुइमा खसेका छन कपडा
रूम भाडा तिर्न खल्तीमा पैसा छैन
अनी उ पनि छैन......
निरश समय ..
चिट चिट पसिना छ शिरमा
न खल्ती छ न संगति छ
छ आफू मात्र उ छ ....
खालि पेट ले समय भन्दैन
नौ बजी सक्यो
अफिस जान छ.....
नानीको फिस तिर्न छ
घरको रासन ल्याउन छ
धेरै कुराको जोहो छ ....
हिजो थापेको तलव
आज रित्तिएको जेप
मन असान्त... छ
आज कार्यालयमा
चाहाना बिदा लिनु छ
घरलाई र घरकालाई
एउटा बहाना बताउन छ
.....पश्चातापले पोलेको मन
चुपचाप एक रातभरी निदाउनु छ ......
----------इश्प्रन श्रि इन्द्र लोक



















