म ज्ञानी 

र सरिफ छु भन्दै 

पातालमा बसेर 

आकाशको 

कुरा हाँक्ने 

यो 

सबै गर्छु 

सबैको भलाइ गर्छु

अनि जब समय आउँछ 

सरिफपन लुकाएर 

हरिप बन्दै 

जता पनि 

लुट्न सके लुट् भन्दै 

सबैलाई काण्डैकाण्डको

बाङ्गो बाटो देखाउने 

दायाँबायाँ लाग्नेको 

खैरियत छैन भन्दै  

सोझालाई पनि 

फटाहाको पाठ पढाएर

समाजमा 

राम्रो कामभन्दा

नराम्रो काम गर्न उक्काउने

यस्तो गर्नु हुँदैन 

उस्तो गर्न हुँदैन भन्दै 

आपराधिक क्रियाकलापमा 

आफैँ संलग्न हुजे 

अनि आउने पुस्ताले 

के संस्कार सिकुन्

ती भर्खरका कलिला 

मुनालाई पैसाको 

प्रलोभनमा पारेर 

उसको जिन्दगी 

ध्वस्त बनाउदै बनाउदै 

आफू पन्छिने 

दोषी अरूलाई बनाउने 

अनुहाररू 

धनकै भोका 

जति सोरे पनि

नपुग्ने यता खिचलो 

उता खिचलो 

मच्चाउने आफैँ 

अनि सान्त्वना 

दिएको जस्तो गर्ने

बाहिर ठिक्क 

र भित्र दिक्क पारेर

आफूले बनाएको सिमारेखा 

गलत तरिकाले 

नाघ्ने मान्छेलाई 

चिन्न सकिन्छ 

अपराधका अनुहार  हुन्

ती सीमारेखाहरू हुन्!!


सञ्जना शर्मा लमही दाङ