मिलनसार असल अनि जाति हुन पाउँ 

जुनीजुनी हजुरहरूको साथी  हुन पाउँ। 


चोखो निर्मल  निश्चल  बनिरहुँ निष्पाप 

सबको मनमा बस्ने फुलपाती हुन पाउँ। 


नबिझाउँ कहिल्यै  म  कुनै आँखा भित्र 

सबै अटाउने त्यो चौडा छाती हुन पाउँ। 


यो अँध्यारो हटाउनलाई सधैँ बलिरहने 

जगमग बल्ने  सलेदो र बाती हुन पाउँ। 


यो दुनियाँले  सम्झिरने  यस्तो कर्म गरुँ 

यही कृतिले  म सबैको माथि हुन पाउँ।


 

✒ नवशिला

नवदेव मार्ग, लालभित्ती, मोरङ।