अनित्य छ हाम्राे चाेला आज हाे कि भाेलि
गराैँ सेवा मानवताकाे बोलाैँ मिठाे बोली ।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे ।।
टुटाऊँ बन्धन जात धर्म लिङ्ग देश भेषकाे
समताकाे जपाैँ मन्त्र मानव मानव नै हाे ।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे ।।
जय जय जय मानव विभेद युद्ध त्यागाैँ
स्वार्थ आफ्नाे पन्छाएर कल्याण मार्ग लागाैँ ।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे ।।
जन्म पछि मृत्यु हुन्छ एक दिन मर्नै पर्छ
खाली हात आयाैँ हामी जानु खाली हात छ।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे।।
जाँदैन है धन मान साथमा कसैकाे नि
सम्झने छन् जीवितले थियाे राम्राे बानी।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे ।।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ सारा विश्व हाम्राे ।
विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाे
मेराे भन्न छाडी भनाैँ साझा विश्व सबकाे।।
- हरिभक्त सिग्देल ' महेश '