पद, प्रतिष्ठा, जागीर रहुँन्जेल हो माया
तपाईंको ठाडो शिर रहुँन्जेल हो माया
विश्वासको पहिरो खसेपछि सकियो
त्यो आस्थाको भिर रहुँन्जेल हो माया
केहिदिन हराउनुस्, कसैले खोज्दैनन्
आँखा सामु तस्वीर रहुँन्जेल हो माया
आँखामा आँशु देखाए सबै पर हुन्छन्
ओठमा हाँसो स्थिर रहुँन्जेल हो माया
रित्तो गोजिले दिने, रुखो हाँसो मात्रै हो
यो पैसा भन्ने आखिर रहुँन्जेल हो माया
-- रोमु अधिकारी
( झुम्का सुनसरी )



















