उसले 

मेरो मुटु भाँचेर

फुटाएको छ

तर म त्यो टुक्रिएको

मुटुको प्रत्येक टुक्रालाई

समातेर बसेको छु


उनले 

नयाँ साथी

 नयाँ माया पाएकी छिन्

म धेरै पहिले नै 

उनको हृदयबाट हटाइएको छु


हामीले 

सधैँ सम्मान गरेका 

मानिसहरूले नै

हाम्रो सम्मानलाई

हावामा उडाएका हुन्


हाम्रो घरमा

अहिले 

उज्यालो छैन

दुःख 

र निराशाको छायाँ 

यति अँध्यारो भएको छ


दिन असहायतामा बित्छ

र रात एक्लोपनमा

मैले उनको सम्झनामा 

यति धेरै 

नशा पिएको छु कि

सबै गिलास खाली छन्


कुनै दिन उसले

हाम्रो माया सम्झने छ

हेर

हामीले आफैँलाई

कति ठुलो 

भ्रममा पारेका छौँ


हामी गरिबहरूले

उनलाई 

प्रेम मार्फत पाउन सकेनौं

किनकि 

यस युगमा

सबै सुन्दर मानिसहरू

धनका दास बनेका छन्


मृत्यु हरेक 

दिन आउँछ

 र ढोका ढक्ढक्याउँछ

तर त्यसको 

एक झलक पाउने 

चाहनामा

हामी 

यसलाई स्थगित गरिरहेका छौँ


अब मेरो हातको गाेली

उसको चिहान हाे

बाँकी 

समय जिन्दावाद ।।


 ✍️ लाेचन पाण्डे