उसले
मेरो मुटु भाँचेर
फुटाएको छ
तर म त्यो टुक्रिएको
मुटुको प्रत्येक टुक्रालाई
समातेर बसेको छु
उनले
नयाँ साथी
नयाँ माया पाएकी छिन्
म धेरै पहिले नै
उनको हृदयबाट हटाइएको छु
हामीले
सधैँ सम्मान गरेका
मानिसहरूले नै
हाम्रो सम्मानलाई
हावामा उडाएका हुन्
हाम्रो घरमा
अहिले
उज्यालो छैन
दुःख
र निराशाको छायाँ
यति अँध्यारो भएको छ
दिन असहायतामा बित्छ
र रात एक्लोपनमा
मैले उनको सम्झनामा
यति धेरै
नशा पिएको छु कि
सबै गिलास खाली छन्
कुनै दिन उसले
हाम्रो माया सम्झने छ
हेर
हामीले आफैँलाई
कति ठुलो
भ्रममा पारेका छौँ
हामी गरिबहरूले
उनलाई
प्रेम मार्फत पाउन सकेनौं
किनकि
यस युगमा
सबै सुन्दर मानिसहरू
धनका दास बनेका छन्
मृत्यु हरेक
दिन आउँछ
र ढोका ढक्ढक्याउँछ
तर त्यसको
एक झलक पाउने
चाहनामा
हामी
यसलाई स्थगित गरिरहेका छौँ
अब मेरो हातको गाेली
उसको चिहान हाे
बाँकी
समय जिन्दावाद ।।
✍️ लाेचन पाण्डे



















