राम्रा गीत लेखौँ लाग्छ याे रमैलो तीजकाे

चाडबाड   पहिले  जस्तो   छैन  रितको

पुरातन गीत  लेखौँ  कस्ले  गाउँने  सुन्ने हो

नयाँ गीत लेख्याैँभने  डिस्को जम्ने भो


पतिभने   काम   गर्छन्   परदेश   पुगेर

यता   पत्नी घर  बस्छिन्  गफ चुटेर

छोरा छोरी भोकै आमा होटलमा धाउने

सुरा  लाई  आदा  रात  घर  आउँने


घर  खर्च   पठाउँछन्   बिदेशमा    खटेर

पैसा सक्छिन् वनिताले डिष्को पसेर

मैना दिन   अगिदेखिन् दिदी  बैनी भएर 

तीज भनि दर खान्छन् उस्कि बियर


वर्षापनि   कमभयाे  भेल बाडी आएन

नदीनाला    न  बढेर   छेक्न  पाएन

रातो सारी लगाएर नाच्ने कमै आउँछन् 

टाइट पेन्ट भेष्ट लाई  प प गाउँछन्


चिल्लागाडी चढीहिँड्छौ राष्ट्रकोश सकेर

आँखा चिम्ली कति बस्छौ शहर् पसेर

जता ततै   देखिँदैछ  बिचौलिया    प्रवृत्ति 

सके   रोक  सरकार   यस्ताे विकृति 

   

लेख्नैपर्ने भयोआज कथा अनि कविता

हाम्रा छोरा खाडी पठाइ हेर्छौ रमिता

जाग अब दिदी बैनी घर आफ्नो समाल

यो कलिको  बयान्  गरेँ  जय  नेपाल

         शारदा कार्की विराटनगर