‎ 

‎म आफू बाँचेको 

‎त्रासदीपूर्ण युगको डिलमा 

‎एक्लै ठिङ्ग उभिएर

‎भयङ्कर अनौठो सपना देखिरहेको छु

‎सारा इन्द्रियहरु तन्द्रामा छन्।

‎एउटा आँखाले देखिरहेको छु

‎भविष्य उज्यालो छ

‎इतिहास जलेको 

‎खरानीको विशाल थुप्रोमा

‎आँसुमा माटो मुछेर 

‎नयाँ इतिहासका

‎भव्य खम्बाहरु ठडिदैछन्।

‎अर्को आँखाका दृश्यहरु 

‎अस्पष्ट छन्

‎केही पनि देखिंदैन

‎घना तुवाँलोको पर्दाले ढाकेको

‎कालो आकाश जस्तो 

‎घोर अन्धकार मात्र देखिन्छ

म 

विस्तारै-विस्तारै विघटित हुँदैछु।

‎आफैसँग सोधिरहेको छु 

‎मेरो

‎तेश्रो आँखा बन्द भएको 

‎अन्योलग्रस्त बेलामा

‎म कुन आँखाको 

‎दृश्यलाई विश्वास गरौँ !!

‎म रनभुल्लमा परेर 

‎पलपल छट्पटाइरहेको छु।


‎           बाबुराम न्यौपाने "उत्स"/ दमक,झापा