धेरै छन् अधुरा कथा जिन्दगीको
सुनाउँछु पुरा कथा जिन्दगीको।
कसैले मलाई दिइरन्छ पीडा
चलाएर छुरा कथा जिन्दगीको।
को छ र सुन्ने दिई साथ मलाई
यथार्थका कुरा कथा जिन्दगीको।
आई समीपमा सुनाउँछु भन्छे
बजाएर चुरा कथा जिन्दगीको।
आफ्नाहरू नै रुवाउँछन् मलाई
म सँग छ बुरा कथा जिन्दगीको।
नवराज नवशिला।
, बेलबारी-२, नवदेव मार्ग, लालभित्ती, मोरङ।



















