कसैले मेट्न सक्दैन,यो सानो छ नेपाली।

शिर उच्च पार्ने हरदम,इमान छ  नेपाली।


कुरितीमा होस् कि युद्धमा,जता गए पनि त,

सांस्कृतिक र रगतको,जवान छ नेपाली।


टोपी,गुन्यु,दौरा,सुरुवाल, कहिल्यै घट्दैन,

गाउँ सहर मेलापातको,जान छ नेपाली।


भाषा,धर्म,भेष र भाकामा,छ गहिरो प्राण,

धरतीनाट आकाशमा उडान छ नेपाली।


नाँच गीत,लोक कथा,बगेका छन् रगतमा,

शब्दहरु होइन आत्माको,गान छ नेपाली।


लवाइ प्रभात 

धनकुटा