दसैं आयो फर्केर

कहाँ जानू तर्केर


पैसा छैन गोजीमा  

सबै बोल्छन् झर्केर


आफ्नै हुन्छन्  दुश्मन 

हेर्छन् आँखा कर्केर 


हिड्न गाह्रो छ यहाँ 

खुट्टा आफ्ना मर्केर 


चर्को मूल्य सम्झिँदा 

झण्डै  मरें  सर्केर

देवी पन्थी

विराटनगर