तिमीले त
अझै धेरै अगाडि जानुपर्छ
यो निराश बनेर
होइन योद्धा बनेर
जसले तिम्रो पछाडि बसेर
बदनाम गर्दै
अराजक फैलाउने
हिम्मत गरेका छन्
पहिला शान्त बनेर
तिनीहरूको
खोजी गर्दै
सबै जेन्जीहरू
हातमा
हात मिलाउन
सहमत हुँदै
अनि हामी त
हतियार बोक्ने
मान्छे होइनौ
फेरि
यो नरसंहार
कसले गर्दै छ
पत्ता लगाउन
अगाडि बढ्नु
अनि जब चिन्नु हुन्छ
ती अपराधीहरूलाई
जसले साना बालक भन्दैन
देशको समृद्धि चाहदैन
लुटपाट
अनि हत्या
हिंसा गर्न
अरू तत्वहरूलाई
उक्साइरहेका छन्
खोज्दै
लखेट्दै
तिनीहरूले
अब कहिल्यै
यस्तो गर्ने छैन भन्ने बनाउँदै
त्यो स्कुले झोला
अनि कलम
र युनिफमको
बलले सम्पूर्ण संसार
जित्ने अठोट गर्दै
म नेपल आमाको
साथसाथै
कैयौँ घर छाडेर
विदेशिएका युवाहरूको
घरमा कहिल्यै
न आउने दशैँ ल्याउने
प्रयासमा
अब त स्वदेशमै फर्क युवाहरू
हामीले
आफ्नै देशमा हिरा फलाउने
बाटो खोज्नु पर्छ
निर्धक्क नजाऊँ
विदेश भन्न सक्ने बन
आफ्नो लक्ष्य
पूरा गर्नको लागि
तिमी हिँड्ने बाटोमा
यदि कुनै तत्वले
अबरोध गर्छन् भने
मेटिदेऊ
तिनको नामनिसाना
तिम्रो युद्धमा
तिमीहरूलाई साथ दिन
हामी पनि
तैयार छौँ बस्
अगाडि बढ्दै जाऊ
जुन दिन
यी नेपाल आमाको मुहारमा
खुसी ल्याउन सकिन्छ
त्यही दिन मानौँला दशैँ
उनौँला
त्यो मखमली
र सयपत्रीको माला
अनि ती सहिद हुँदा
रगतले मुछिएको
माटो हातमा लिएर
मागौँला आशीर्वाद
त्यसैले
अझै विश्राम नलेऊ जेन्जीहरू!!
सञ्जना शर्मा लमही दाङ



















