दुई हजार बयसिको भदौ छ यो महिना
नेपाली मन रोएको छ छैन चयन
तेईस गते रगत बग्यो चौबीस गते खरानी
जल्यो देशको इतिहास सबको परानी
कति जले भाट्भटेनी अड्डा धेरै जलाए
यता जल्न थाल्यो उता सामान हराए
कोही लाई के ले पोलिराछ कोही लाई चोर्न ठिक्क छ
देशको हालत देख्दा सबको मनमा दिक्क छ
बल्ल बल्ल आइन आमा प्रधानमन्त्री बनेर
आस गरौ देशको मुहार फेर्छिन भनेर
पहिलो महिला प्रधानमन्त्री देख्न पाछौ जनताले
अरु जस्तो नगर्लिन नि पक्कै माताले
हाम्रो देशको इतिहास कस्ले ध्वस्त पारेको
पत्तो लगाइ देख्न पाइयोस कार्बाही गरेको
गोलि हानी विद्यार्थी लाई मार्ने को हुन यिनलाई
खोजी खोजी कार्बाइ गर छिट्टै तिनलाई
ठुलो आस गरेका छौँ नेपालीले तिमिमा ,
बिचार गर उल्टो नहोस् तर हामिमा
पिडकलाइ सजाय दिई पीडित लाई न्याय देउ
नारी शक्ति देखाइ नयाँ नेपाल ल्याइदेउ
छाती फुलाइ गर्ब गर्छौं आमा आइन भनेर
देशको मुहार हेर्न बस्छौं दिन गनेर
भ्रष्टाचारि ,बलात्कारि एक एक गरि निकाल
आफ्नो पनि ख्याल राख्दै यो देश सम्हाल
नारिले त बिगृएको घर लाई पनि सपार्छिन
नेपाल् आमा जहिल्यै अब बा लाई धिक्कार्छिन
गीता देवी पोखरेल
विराटनगर



















