इनरुवा ।नारी स्रष्टा समाज, नेपालका अध्यक्ष ममता मृदुलकाे प्रमुख आतिथ्यमा ‘सिर्जनामा इनरुवा’ को चौथो साधारण सभा सम्पन्न  भएको छ।

इनरुवा-३, सुनसरीको मालपोत लेखापढी सेन्टरमा भएकाे साधारण सभाबाट लीलानाथ सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको छ। संस्थाको उपाध्यक्षमा राधा सुवेदी, सचिवमा रमेन्द्र कोइराला, सहसचिवमा प्रकाश अनुराग र कोषाध्यक्षमा यशोदा अधिकारी आचार्य चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा कान्ता भट्टराई, द्वारिका पोखरेल, कविराज घिमिरे, किरण मेहता र विष्णु दाहाल चयन भएका छन्।

संस्थाका सचिव रमेन्द्र कोइराला सञ्चालन र लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ जीवनारायण पोखरेल ‘पन्छी’, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराटनगर प्रज्ञाप्रतिष्ठानका शिवनारायण सिङ्गल, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिक लगायतकाको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा गोपाल कोइराला, छविलाल रिजाल, डम्मरुवल्लभ अधिकारी, शशीप्रसाद बजगाईं, इरान राई, श्रीप्रसाद पोखरेल, भवानीप्रसाद पोखरेल, रमेश निरौला, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, नवराज पोखरेल ‘नवशिला’, मुना मिश्र, जेबी खत्री, विनोद विवश घिमिरे, शान्ता भट्टराई, ऋषि तिवारी, उमा खतिवडा, केशव रिजाल, शकुन्तला मञ्जरी, रोशन पराजुली, जेनिश खत्री जस्ता स्रष्टा र कलाकारको उपस्थिति रहेको थियो।