इनरुवा ।सुनसरी ,सिर्जनामा इनरुवाको चौथो साधारण सभा सम्पन्न भएको छ । इनरुवा –३, सुनसरीमा रहेको मालपोत लेखापढी सेन्टरको सभा हलमा एक कार्यक्रम गरेर संस्थाले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको हो ।
नारी स्रष्टा समाज, नेपालका अध्यक्ष एवम् लघुकथाकार ममता मृदुल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ जीवनारायण पोखरेल ‘पन्छी’, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराटनगर प्रज्ञा–प्रतिष्ठानका शिवनारायण सिङ्गल, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिकलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा गोपाल कोइराला, छविलाल रिजाल, डम्मरुवल्लभ अधिकारी, शशीप्रसाद बजगाईं, इरान राई, श्रीप्रसाद पोखरेल, भवानीप्रसाद पोखरेल, रमेश निरौला, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, नवराज पोखरेल ‘नवशिला’, मुना मिश्र, जेबी खत्री, विनोद विवश घिमिरे, शान्ता भट्टराई, ऋषि तिवारी, उमा खतिवडा, केशव रिजाल, शकुन्तला मञ्जरी, रोशन पराजुली, जेनिश खत्री आदि स्रष्टा\कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ‘सिर्जनामा इनरुवा साहित्य पुरस्कार’ बाट तारानाथ शर्मा पोखरेल र ‘रमेन्द्र–शावित्री लघुकथा पुरस्कार’ बाट श्रीओम श्रेष्ठ रोदन पुरस्कृत भएका थिए । साथै संस्थाले टङ्क भेटवाल, शिवनारायण पण्डित, धनजित पराजुली, मञ्जु घिमिरे दाहाल, भूपाल अधिकारी, रामकुमार पण्डित छेत्री, कान्ता पोखरेल, पूजा बहार, टङ्क राजवंशी तथा मुना आत्रेयलगायतका स्रष्टा÷कलाकारहरूलाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा डा. देवी पन्थी, गोपाल कोइराला, इरान राईलालगायतकाले शुभकामना मन्तव्य तथा विष्णु दाहाल, युवराज दाहाल, मधु पोखरेल, खेमरञ्जन खनाल, अनुज दाहाल, आशुतोष आचार्य, सक्षम यादव, टङ्क प्रसाद भेटवालको रचना वाचन रहेको थियो ।
अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेन्द्र कोइरालाको रहेको थियो ।
साथै साधारण सभाबाट लीलानाथ सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा राधा सुवेदी, सचिवमा रमेन्द्र कोइराला, सहसचिवमा प्रकाश अनुराग, कोषाध्यक्षमा यशोदा अधिकारी आचार्य चयन भए । त्यस्तै सदस्यहरूमा कान्ता भट्टराई, द्वारिका पोखरेल, कविराज घिमिरे, किरण मेहता र विष्णु दाहाल चयन भएका छन् ।



















