देश रहे जनता रहन्छन् जनता रहे नेता 

रहेन भने देश, रहँदैनन् है जनता 

 जनता सुखी भए मात्र, देश समृद्ध बन्छ 

नेता मात्र सुखी भए, देशै कंगाल हुन्छ ।।


पेशा बने राजनीति, भ्रष्टाचार बढ्न थाल्छ

सेवा बने राजनीति, शान्ति सुरक्षा सुरु हुन्छ 

छोडे झोला दलको , राष्ट्रको प्रेम बढ्न थाल्छ 

बोके झण्डा दलको , देश प्रेम मर्न थाल्छ ।। 


देश माया शब्द होइन,कर्मको माटो पो हो

रगत पसिना ,आँसु मिसिएको बाटो  पो हो।

जो बोल्छ  देशका लागि ,त्यो नै सच्चा सिपाही  हो

जो बेच्दछ  राष्ट्रलाई,त्यो नै खास गद्दार हो।


- लक्ष्मण चौलागाईं विद्रोही 

- सिन्धुपाल्चोक, भोटेचौर 

- हाल: काठमाडौं, नेपाल