पूर्ण छैन हाम्राे सृष्टि बन्छ पूर्ण तब

एक अर्कामा आफूलाई देख्न थाल्छाैँ जब।


हाेस आएपछि अनि हाेस रहेसम्म

सारा प्राणी खाेज्न थाल्छन् प्रेयसीमा रम्न।


जल थल नभ वायु अग्नि सूर्य चन्द्र

आत्मा परमात्मा भिन्न छैनन् कुनै इन्द्र ।


पुलिङ्गी र स्त्रिलिङ्गीकाे आकर्षण र मिलन

मुक्ति माेक्ष लक्ष्य त्यही आनन्दकाे त्याे क्षण।


जल थल नभचर  साना ठूला प्राणी

त्यही सुखमा सृष्टि थाल्छन् माैन मिठाे वाणी ।


- हरिभक्त सिग्देल ' महेश '