विराटनगर ।नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रह लोकार्पण गरेको छ। 

 कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले मुक्तक वाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । विशिष्ट अतिथिमा बलराम पोखरेल, अन्य अतिथिमा कबिराज न्यौपाने, नगेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं,रहेकी थिइन्। समिक्षक भूषण ढुंगेल, उमेश लुइँटेल, प्रयाग न्यौपानेले मुक्तकका बारेमा आआआफ्नो धारण राखेका थिए।अतिथिमा खोटाङसामाजिक  सेवा मञ्चका अध्यक्ष कृष्ण पोखरेल, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, मेदिनी शर्मा, चारु प्रतिषठानका अध्यक्ष ,देवी पन्थी , डमरु बल्लभ भण्डारी, हरिहर भण्डारी, राजेन्द्र गुरागाईं, दिनलाली कन्छो, निर्मला कोइराला, चिरञ्जीवी काफ्ले, स्वर संगीतका अध्यक्ष कुशेश्वर राई, नोबेल साकोसकी अध्यक्ष मन्जु दाहाल, सृजना इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष रमेन्द्र कोइराला, केशु विरही, डोमि कामत, हरिप्रसाद बराल, चुडामणि अकिन्चन, भीम कोइराला 


20251111_140043

20251111_140108

नवराज नवशिला,प्रमोद ढकाल ,लक्ष्मि पोखरेल , जमुना पौडेल ,अम्बिका खरेल ,नानुमैँया दाहाल, पुष्पा सायरा, शारदा कार्की ,लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


लेखक नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुंङ्गो फुलेपछि’ मा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन्। लेखकका बुवा–आमा मात्र नभएर, श्रीमती अनु न्यौपाने समेतको उपस्थित रहेको थियो। परिवारजन पनि कार्यक्रममा उपस्थित भएर हौसला दिनु भनेको एउटा लेखकको हिम्मत र प्रगति हुनु हो।


कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रायमाझीले राखेकी थिइन्।भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले गरेका थिए।वरिष्ठ साहित्यकारहरुको बाक्लो उपस्तिथिले विष्णुमाय पुस्तकालयको सभाहल भरिएको थियो।