हिमालको ताज सरताज १०
नेपालीको दबेको यो आवाज ११
ताज त्यसैले चम्किएन आज११
बिर्सिए झैं आफनो रीवाज १०

गौरव बोकेको यो समाज १०
बिकाउ यी चोरहरूका माझ ११
निरीह   बनेको   जोकरसरि ११
झुकिरहेको छ लागी लाज  १०

त्यो रगतको होली बेकाज१०
प्राण टिपी उडी गएछ बाज  ११
मन   हेर्दो हो    आकाशबाट ११
हेर अझ तिनकै छ राज  १०

सन्तोष कुमार पोखरेल 

डिसेम्बर १५,२०२५ (मङ्सिर २९,२०८२)
भक्तपुर नेपाल।