गाईघाट । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको विद्यालय बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस शनिबार बिहान उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।