विराटनगर । आनन्द युवा समूहको प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाबाट संयोग कोइराला अध्यक्ष पदमा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष कोइरालासहित सम्पूर्ण कार्यसमितिलाई सहभागी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। युवा नेतृत्व, सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले गठन गरिएको समूहले आगामी दिनमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
पहिलो साधारण सभामा वक्ताहरूले युवाको सक्रिय सहभागिताले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा कटहरी गाउँपालिका–४ का वडा अध्यक्षको उपस्थितिमा कक्षा १० उत्तीर्ण गरेका केही विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष संयोग कोइरालाले समूहप्रति व्यक्त गरिएको विश्वासलाई आत्मसात् गर्दै युवाको क्षमता विकास, सामाजिक सेवा तथा समुदायको हितमा केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।






















