कहिले घाम कहिले पानी सहनु पर्छ

ठेकीले हरेक दिन मदानी सहनु पर्छ 


चोटहरूले मलाई धेरै कुरा सिकायो

दुख्छ नि घाउ जानि जानि सहनु पर्छ 


 म तेहि खहरे खोला हूँ नबस छेउमा 

हानि सहनु पर्छ नोक्सानी सहनु पर्छ


ओ मान्छे आगो देखेर किन टाढा भाग्छौ

 मरेपछि बनाउंछन खरानी सहनु पर्छ


बुढोभएँ भनेर चिन्ता नालिनु पिर नगर्नु

रहंदैन कसैको एकनास जवानी सहनु पर्छ

शिव पराजुली 

बेलबारी