काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री बालेन शाह छोरी बोकेर भरतपुर पुगेका छन्। भरतपुर विमानस्थलमा अवतरण गरेपछि उनी महाधिवेशनस्थलतर्फ प्रस्थान गरिसकेका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्रीले पार्टी सभापति रवि लामिछानेसँगै आज दिउँसो २ बजे महाधिवेशनको औपचारिक उद्घाटन गर्ने भएको हो।
प्रधानमन्त्रीको आगमनअघि भरतपुर महानगरपालिका–१० स्थित महाधिवेशन उद्घाटनस्थलमा सुरक्षा तथा व्यवस्थापनमा कडा नीग्रानी राख्दै अनुगमन गरिएको थियो। गृहमन्त्री सुदन गुरुङ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूले कार्यक्रमस्थल पुगेर सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा समग्र तयारीको अवलोकन गरिसका छन्।




















