ओखलढुंगा । लगातारको वर्षापछि आएको बाढी र पहिरोले ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। खानी खोला र बांगे खोलामा आएको बाढीले पक्की पुल तथा घर–गोठमा क्षति पुर्याउँदा आधा दर्जनभन्दा बढी पशुचौपाया बेपत्ता भएका छन्।
पहिरोका कारण केही घर जोखिममा परेका छन् भने प्रभावित परिवार सुरक्षित स्थानमा सारिएका छन्। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ भने स्थानीय तहले क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।




















