काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रिया सञ्चालन तथा व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन संयन्त्र गठन गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति गठन गरेको जनाएको छ। आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन्।
निर्वाचन समितिले महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया सञ्चालन, व्यवस्थापन र अनुगमन गर्नेछ। रास्वपाले महाधिवेशनलाई नेतृत्व चयन तथा पार्टीको भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।




















